Posts

Showing posts from September, 2024

उपत्यकाका तीन जिल्लामा बाढीबाट २१ जनाको मृत्यु, ६ बेपत्ता

Image
  १२ असोज, काठमाडौं । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र २१ जनाको मृत्यु भएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार, बाढीमा परेर काठमाडौं र ललितपुरमा ९/९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको छ । घिमिरेका अनुसार, काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा १ जना घाइते छन् भने तीन जिल्लामा गरेर ६ जना बेपत्ता छन् । प्रहरीका अनुसार, काठमाडौंमा २२६ घर डुबानमा परेका छन् भने नेपाल प्रहरीबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा ३ हजार ६० जनाको उद्दार टोली खटिएको छ । ललितपुरका पनि अधिकांश स्थानमा पानी पसेको छ । नखिपोटमा उद्दारमा ढिलाइ हुँदा शनिबार बिहान ४ जना बेपत्ता भएका थिए । तर, केही तल तीन जनालाई प्रहरी र स्थानीय मिलेर उद्दार गरेका छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालका अनुसार, उद्दार गरेर प्रहरी प्रभाग भैंसेपाटीको गाडीमा पाटन अस्पताल पुर्याइएको छ । भक्तपुरमा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते छन् । भक्तपुरमा पनि अधिकांश स्थानमा पानी पसेको छ भने प्रहरी उपरीक्षकको कमाण्डमा १२० जना प्रहरी परिचालित भएको घिम...

तातोपानी जाने पुल भत्कियो, नाकामै अड्किए मालवाहक कन्टेनर

Image
  १२ असोज, काठमाडौं । नेपाल चीन नाका जोड्ने अरनिकोको राजमार्गका पुलहरुमा बाढीले क्षति पुर्‍याएको छ । बाढीले क्षति पुर्‍याउँदा चीनको तातोपानी नाका जाने बाटो नेपालतर्फबाट अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका २ तातोपानीका वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार लार्चाको बेली ब्रिज बगाएको छ । यस्तै १० किलोबाट पाङसिर्पु जाने बेली ब्रिज पनि बगाएको छ । तातोपानी नाका जाने लिपिङको पुल पनि बगाएको छ । पुल भत्किँदा दशैं लक्षित गरेर चिनबाट आयात गर्न सामान बोकेका कन्टेनरहरु नाका मै अड्किएका छन ।

मकवानपुरको सिस्नेरीमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बेपत्ता

Image
  १२ असोज, हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकास्थित सिस्नेरी बजार नजिकैको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बाढीमा बेपत्ता भएका छन् । शनिबार बिहान कुलेखानी जलासय खोलेपछि खोलामा बाढी आएको थियो । खोलासँगै जोडिएको विद्यालयमा बालकहरुलाई सुरक्षित स्थानमा लैजाने क्रममा ६ जना बेपत्ता भएको जानकारी आएको विद्यालयका अध्यक्ष तथा एकेडेमीका संयोजक सुभाषचन्द्र ठकुरीले जानकारी दिए । उक्त विद्यालयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वर्षदेखि एकेडेमी सञ्चालन गरेको थियो । एकेडेमीमा ४० जना बालक थिए । कुलेखानीको बाँध खोलेपछि खोला बढेकाले सुरक्षित स्थानतर्फ लैजाने क्रममा माथिबाट लेदोसहितको पहिरो जाँदा ६ जना बेपत्ता भएका ठकुरीले जानकारी दिए । ३४ जना भने सुरक्षित रहेको उनको भनाइ छ । मकवानपुरका एसपी सीताराम रिजालले खेलाडी बेपत्ता भएको खबर आएको तर प्रहरी घटनास्थलमा पुग्न नसकेको बताए । ‘खेलाडी वेपत्ता भएको सूचना आएको छ । तर बाढी पहिरोका कारण प्रहरी घटनास्थल पुग्न सकेको छैन’ एसपी रिजालले अनाइनखबरसँग भने ।

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः प्रचण्ड

Image
  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन् । आज बिहान जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापनपत्र बुझ्दै उनले नेपाललाई टकरावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताए ।  पुष्पकमल दाहाल प्रचण्ड शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा हुनसक्ने उनको धारणा छ । ‘हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष–विपक्षमा मत थिए, यसमा कुनै दलले समर्थन गर्ने स्थिति थिएन’ प्रचण्डले भने, ‘तर अब बदलिएको राजनीतिक परिस्थिति र विश्व परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षाका लागि शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ ।’ २०३१ सालमा तत्कालीन राजा वीरेन्द्रले अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा गर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई अमेरिका, चीनलगायत १३० भन्दा धेरै देशले समर्थन गरे पनि सिक्किमलाई गाभेको भारतले अस्वीकार गरेको थियो । उक्त प्रस्ताव हाल नेपालले बोक्न छाडिस...

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

Image
 काठमाडौं, ४ असोज। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । उनी केहीबेरअघि अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन् । उनलाई उपप्रधानमन्त्री प्रकाशमानसिंहसहित मन्त्रिपरिषद् सदस्यले बिदाइ गरे । प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू छन् । विमानस्थलमा प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो । प्रधानमन्त्री ओली अमेरिका प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले दैनिक प्रशासनिक कामकाज गर्ने गरी सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघको महासभामा यस वर्ष ‘कोही पनि पछाडि नछोडिने : वर्तमान र भावी पुस्ताका लागि शान्त...

नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको छ: प्रधानमन्त्री ओली

Image
  ३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति र राजनीति दुवैमा स्थायित्व चाहिएको बताएका छन् । त्यसो भएमात्र देश विकास हुने र जनअपेक्षा पूरा हुने उनको भनाइ छ । संविधान दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिमा स्थायित्व भनेको स्थिरता र नीतिमा स्थायित्व भनेको निरन्तरता हो । तसर्थ विकासका लागि स्थायित्व अर्थात् निरन्तरता र स्थिरता अनिवार्य तत्व हुन् ।’ प्रधानमन्त्री ओलीले अब हामीले लड्नुपर्ने लडाइँ भनेकै वर्तमान संविधानबाट प्राप्त अधिकारको रक्षा र कार्यान्वयनको लडाइँ भएको बताएका छन् । ‘यो लडाइँ राजनीतिक स्थिरता, नीतिगत स्थायित्व र समृद्धिका लागि लड्नुपर्ने लडाइँ हो,’ उनले भने । संविधानले सुनिश्चित गरेका कतिपय कुरा अनुदित नभएको भन्दै उनले संविधानलाई समानुकूल बनाउनुपर्नेमा जोड दिएका छन् । समानुकूल बनाउने भनेको अनुकूल नभएका प्रावधान हटाउने वा परिमार्जन गर्ने हो,’ उनले भने, ‘मेरो विचारमा संविधानको संशोधन भनेको लिखत र मर्म अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु हो । विद्यमान संविधानका अमिल्दा पक्षमा...

संविधान दिवसको अवसरमा सैनिकमञ्चमा रंगीन सांस्कृतिक कार्यक्रम

Image
 ३ असोज, काठमाडौं: संविधान दिवसको अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजित गरिएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। संविधान दिवस मूल समारोह समितिका अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य विशिष्ट अतिथिहरू पनि उपस्थित थिए। समारोहको भागको रूपमा नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरीद्वारा साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो, र शान्तिको प्रतीक सेतो परेवा उडाइएको थियो। राष्ट्रपति पौडेलले संविधान दिवसको अवसरमा शीतल निवासमा एक विशेष कार्यक्रम आयोजना गरेका छन्। त्यसैगरी, नारायणहिटी दरबार अगाडिको सडकमा साँझ सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको छ, जहाँ प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी हुनेछन्। आजको दिनको महत्वलाई सम्मान गर्दै, संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने परंपरा कायम राखिएको छ। २०७२ सालको असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरिएको थियो, जसलाई जनताका सातदशक लामो संघर्ष र बलिदानको उपलब्धिको रूपमा मानिन्छ। संविधान दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, रा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

  २९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने रास्वापाले जनाएको छ ।पार्टीका कार्यबहाक प्रवक्ता मनिष झाका अनुसार बैठकमा विभिन्न ९ वटा एजेन्डामा छलफलको तयारी गरिएको छ । समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधि, राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम, रिपोर्टका साथै प्रस्तावित कार्य तालिकाबारे छलफल बैठकमा हुनेछ ।राष्ट्रिय भेलाको हालसम्मको तयारी सबै उपसमितिद्वारा प्रस्तुत प्रतिवेदनहरू, जिल्ला भेला र जिल्ला समिति गठनबारे पनि छलफल हुने कार्यबहाक प्रवक्ता झाले जानकारी दिए । यसबाहेक विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र आवश्यक छलफल गर्ने, प्रस्तावित नियमावली र कार्यविधिहरूबारे पनि छलफल हुनेछ ।

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले प्रधानमन्त्रीसँग छलफल गर्दै

Image
  २९ भदौ, काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी  संसदीय छानबिन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ । आज साँझ पाँच बजे प्रधानमन्त्री ओलीसँग छलफल गरेर सरकारको समेत प्रतिबद्दता लिन लागिएको समिति सभापति सूर्य थापाले बताए । आज प्रधानमन्त्रीसँग छलफल गरेर प्रतिवेदनलाई अन्तिम रूप दिने उनको भनाइ छ । समितिको कमर्यदेश अनुसारको छानबिन र विश्लेषण सकिएको र प्रतिवेदन अन्तिम रूप दिन लागिएको उनले बताए ।

लागूऔषध बिक्रीको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

Image
    काठमाडौं । लागूऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले जानकारी दिए । ३ साउनमा प्रहरीले रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरलाई लागू औषध ट्रुपाइनको ९७ चक्कीसहित पक्राउ गरेको थियो । उनले उक्त औषधि पोखरा महानगरपालिका- ९ पृथ्वीचोकस्थित रहेको दिया फार्मेसीबाट खरिद गरेको भनेर बयान दिएका थिए । त्यसपछि उक्त फार्मेसीका सञ्चालक पूर्वसांसद ढाकाकुमार श्रेष्ठविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको र बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

भोलि रातिदेखि २९ गतेसम्म भारी वर्षाको सम्भावना, सुदूरपश्चिमका ६ जिल्ला उच्च जोखिममा

Image
  २६ भदौ, काठमाडौं । भोलि साँझदेखि र २९ गते बिहानसम्म  देशका पश्चिमी भागमा भारी वर्षा हुने सम्भावना  भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गरेको छ । महाशाखाका अनुसार लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको समेत सम्भावना छ । महाशाखाले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी र अछाममा भारी वर्षाको अनुमान गरेको छ । त्यस्तै, लुम्बिनीको बर्दिया र कर्णालीको सुर्खेतमा पनि भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । ‘सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी बर्षाको समेत सम्भावना रहेको छ,’ महाशाखाले भनेको छ । भारी वर्षा हुने स्थानमा भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकोले डुबानको समस्या आउने महाशाखाको भनाइ छ । ‘शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखि...

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते

Image
  २६ भदौ, काठमाडौं । तनहुँमा बस दुर्घटना भएको छ । आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको हो । तनहुँका डीएसपी दीपककुमार रायका अनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरेमा खोल्सामा खसेको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको हो । १५ जना सवार उक्त गाडीमा अहिलेसम्म ११ जना घाइते भएको विवरण प्राप्त भएको उनले बताए । घाइते मध्ये ९ जना सामान्य छन् भने २ को अवस्था मध्यम रहेको छ । उद्धारको क्रम जारी नै रहेको विस्तृत विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।

धनराजको डिभोर्स नक्कली हुनै नसक्ने कांग्रेसको निश्कर्ष

Image
  काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा पार्टी उपसभापति धनराज गुरुङमाथि उठेका प्रश्नहरुको छलफल भएको छ । उपसभापति गुरुङमाथि ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको १५ करोड अपचलन गरेको आरोप छ । गुरुङ र उनकी तत्कालीन श्रीमती ज्योति गुरुङ मिलेर उक्त रकम अपचलन भएको आरोप अहिले संसद्मा समेत प्रवेश गरिसकेको छ । कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले उपसभापति गुरुङले गलत गरेको भए सजाय भोग्नुपर्ने निश्कर्ष निकालेको छ । तर, उपसभापति गुरुङ र उनकी श्रीमतीबीच भएको डिभोर्सलाई नक्कली भन्न नमिल्ने कांग्रेसको निश्कर्ष छ । ‘संसद्मा प्रश्न उठ्यो कि नक्कली डिभोर्स । डिभोर्स पनि कहीँ नक्कली हुन्छ ? यसले गर्दा डिभोर्स भनेको डिभोर्स हो । २०७६ सालमै डिभोर्स भएपछि त्यो प्रश्न उठाउन मिल्दैन । उहाँ स्वयंले पनि मेरो बारेमा छानविन होस् भन्नुभएको छ,’– बैठकको निर्णय सुनाउँदै कांग्रेस संसदीय दलको प्रमुख सचेतकसमेत रहेका नेता श्याम घिमिरेले भने ।

राष्ट्रिय सभामा विषयगत समितिको सभापति गुमाउँदै एकीकृत समाजवादी

Image
२६ भदौ २०८१, बुधवार  काठमाडौं। राष्ट्रिय सभाको दुईवटा विषयगत समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ । राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले सूचना निकालेर निर्वाचनबारे तालिका सार्वजनिक गरेका हुन् । तालिकाअनुसार यही भदौ ३१ गते विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिको निर्वाचन हुनेछ । विधायन व्यवस्थापन समितिको सभापतिमा जयन्तीदेवी राई थिइन्। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा थिए । नेताहरूका अनुसार विधायन व्यवस्थापन समितिको सभापतिको नेतृत्व अब एकीकृत समाजवादीले पाउने छैन। ‘उक्त समितिमा सत्तापक्षको प्रष्ट बहुमत छ । अहले ठूला दलहरू सरकारमा भएको बेला सानो दलले उक्त समितिको सभापति पाउने सम्भावना छैन ।’ १५ सदस्यीय विधायन समितिमा कांग्रेसबाट समितिको नेतृत्व हुन सक्ने नेताहरू बताउँछन् । १२ सदस्यीय सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने सत्तापक्ष र प्रतिपक्ष बराबर ६÷६ जना छन् । ‘राष्ट्रिय सभाको ठूलो दल पनि हो र सत्तापक्ष र प्रतिपक्ष पनि बराबर रहेको अवस्था छ’ एमालेका एक सांसद ...

ट्रम्प र ह्यारिसको ९० मिनेट बहसमा के के भयो ?

Image
  २६ भदौ, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र हालकी उपराष्ट्रपति कमला ह्यारिस यति बेला राष्ट्रपतिको चुनावी दौडमा छन् । यसै क्रममा बुधबार बिहान भएको डिबेटमा उनीहरुबीच डेढ घण्टासम्म बहस, घोचपेच अनि आरोप प्रत्यारोप चल्यो । आरोप लगाउनेमा ट्रम्प नै अगाडि रहे । उनले यसअघि राष्ट्रपति जो बाइडेनमाथि पनि आरोपहरुको शृंखला तयार पारेका थिए । डेमोक्रेट उम्मेदवार बन्न चाहेका बाइडेनले जमेर प्रतिरक्षा गर्न नसकेपछि उनी चुनाव हार्न सक्ने आकलन गरिएको थियो । त्यसपछि बाइडेन प्रशासनकै उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवार बन्न आइपुगेकी थिइन् । प्रेसिडेन्सियल डिबेटका क्रममा कमला ह्यारिसले भने ट्रम्पको खरो प्रतिवाद गरिन् । उनीहरुको बुधबार बिहानको बहस अमेरिकी अर्थतन्त्र, आप्रवासी आगमन, युक्रेन युद्धमा अमेरिकी भूमिका आदिमा केन्द्रित थियो । कतिपय संवाद इशारा र संकेतमा समेत हुन पुगे । न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले आप्रवासीहरुमाथि रिसाहा पारा देखाउँदा ह्यारिस कटाक्षको भावमा मुस्काइरहन्थिन् । ट्रम्पले धेरै शब्द खर्चेर चर्को बोले पनि ह्यारिसले शिष्टताभाव नै बढ्ता देखाएको पर्यवेक्षक...

पोखरामा सहकारीपीडितले रवि लामिछानेलाई देखाए कालो झण्डा

Image
  पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई पोखराका सहकारीपीडितहरूले कालो झण्डा देखाएका छन् । पार्टीको प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा सहभागी हुन लामिछाने मंगलबार पोखरा पुगेका थिए । सोही क्रममा पोखराको बिरौटास्थित एउटा ब्याङ्क्वेटमा जाने क्रममा उनलाई पोखराका सहकारीपीडित बचतकर्ताले कालो झण्डा देखाएका हुन् । लामिछाने भने कडा सुरक्षाबीच कार्यक्रमस्थल प्रवेश गरेका छन् । उनी कार्यक्रमस्थल पुग्ने सडकमा अन्य सवारीलाई ट्राफिक प्रहरीले रोक लगाएका थिए ।

सहकारी छानबिन समितिद्वारा प्रतिवेदन निर्माणबारे अर्थमन्त्री, गभर्नरलगायतसँग छलफल

Image
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गभर्नर महाप्रसाद अधिकारीलगायतसँग छलफल गरेको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले प्रतिवेदन निर्माणका सन्दर्भमा अर्थमन्त्री लगायतसँग छलफल गरेको हो ।  <audio controls>   <source src="https://drive.google.com/uc?export=download&id=1wBlrlHgG_hjeIW1bDusU2zXWelJyWei6" type="audio/mpeg">   Your browser does not support the audio element. </audio> छलफलका क्रममा उपप्रधान एवं अर्थमन्त्री पौडेलले समितिले निकालेका निष्कर्ष र प्रतिवेदनलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको समितिका सभापति सूर्य थापाले जानकारी दिए । सहकारीको चम्किलो भविष्यका निम्ति समितिको प्रतिवेदन महत्वपूर्ण हुने भन्दै अर्थमन्त्री पौडेलले समितिको कामलाई सरकारले महत्वका साथ हेरिरहेको बताएका थिए । सहकारीबाट ऋण लिनेले तिर्नुपदैन भन्ने भ्रम नराख्न र सहकारी क्षेत्रको प्रभावकारी नियमनका लागि संयन्त्र गठन गर्नुपर्नेमा समेत अर्थमन्त्री पौडेलले जोड दिनुभएको समिति संयोजक...

सहकारी छानबिन समितिद्वारा प्रतिवेदन निर्माणबारे अर्थमन्त्री, गभर्नरलगायतसँग छलफल

    सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गभर्नर महाप्रसाद अधिकारीलगायतसँग छलफल गरेको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले प्रतिवेदन निर्माणका सन्दर्भमा अर्थमन्त्री लगायतसँग छलफल गरेको हो । छलफलका क्रममा उपप्रधान एवं अर्थमन्त्री पौडेलले समितिले निकालेका निष्कर्ष र प्रतिवेदनलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको समितिका सभापति सूर्य थापाले जानकारी दिए । सहकारीको चम्किलो भविष्यका निम्ति समितिको प्रतिवेदन महत्वपूर्ण हुने भन्दै अर्थमन्त्री पौडेलले समितिको कामलाई सरकारले महत्वका साथ हेरिरहेको बताएका थिए । सहकारीबाट ऋण लिनेले तिर्नुपदैन भन्ने भ्रम नराख्न र सहकारी क्षेत्रको प्रभावकारी नियमनका लागि संयन्त्र गठन गर्नुपर्नेमा समेत अर्थमन्त्री पौडेलले जोड दिनुभएको समिति संयोजक थापाले बताए । त्यस्तै, राष्ट्र बैंकका गभर्नर अधिकारीले सहकारी क्षेत्रलाई दोश्रो नियमनकारी निकाय गठन गरेर हेर्नुपर्ने, सहकारीको आर्थिक हिसाबकिताब हेरेर समाधान खोज्नुपर्नेमा जोड दिएको थापाले जानकारी दिए । सवै निकायको छलफलका आधारमा प्रत...

चेक बाउन्समा २ वर्षसम्म कैद प्रस्ताव

Image
  काठमाडौं । चेक बाउन्स (चेक अनादर) सम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफाबार छलफलका क्रममा चेक अनादर भएको प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजायको व्यवस्था उल्लेख गर्ने सहमति भएको हो । १५ लाखसम्मको चेक अनादरमा १ महिना कैद, ५० लाख सम्मकोमा तीन महिना, १ करोडसम्मकोमा १ वर्ष र करोडभन्दा माथिको चेक अनादर प्रमाणित भए दुई वर्षको कैद सजाय हुने विषयमा सहमति जुटेको समिति सभापति सन्तोष चालिसेले बताए । सजाय दिएर पनि पैसा असुल नहुने अवस्थालाई पनि अन्त्य गर्नुपर्ने र पीडितलाई न्याय हुने गरिनै विधेयकलाई अन्तिम रूप दिइने उनले सुनाए । बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ कसूर तथा सजायसम्बन्धी विधेयकमा भएका छलफल सकारात्मक रहेको भन्दै दफाबा छलफलका क्रममा आउने निष्कर्षलाई सरकारले स्वीकार गर्ने बताए । चेक अनादरको संख्या बढ्दै गएकाले यसलाई नियन्त्रण गर्न र चेक अनादरलाई निरुत्साहित गर...

एकीकृत समाजवादीसँग एकता र रास्वपासँग सहकार्यको रणनीतिमा माओवादी

Image
  काठमाडौं, २३ भदौ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले आफूहरु नेकपा (एकीकृत समाजवादी) सँग एकता र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहकार्यको रणनीतिमा रहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपासँग सहकार्य र एकीकृत समाजवादीसँग एकताको पक्षमा कुरा चलिरहेको बताएका हुन् । ‘रास्वपासँग हामीले एकता भनेका छैनौं, सहकार्य गर्छौं । वैचारिक हिसाबले रविजीहरुको फरक धार भएकाले एजेण्डामा सहकार्य हुन्छ । एकीकरणको सम्भावना कम छ ।’ उनले भने, ‘उहाँसँग चाहीँ कुरा चलिरहेको छ । उहाँसँग अलि बढी आधारभूत कुराहरु मिल्छन् । उहाँहरु अहिले पनि तयार हुनुभएको छैन । छलफल हुँदैछ । भविष्यमा के हुन्छ ? हामीले उठाएको एजेण्डामा सहकार्य गर्छौं ।’ त्यस्तै, नेता पौडेलले कांग्रेस–एमालेले मात्रै संविधान संशोधन गर्न नसक्ने ठोकु्वा गरे । माओवादी र रास्वपालाई बाहिर राखेर संविधान संशोधन गर्न उनले एमाले–कांग्रेसलाई चुनौति दिए । ‘संविधान संशोधनको विषय उहाँहरुको मात्रै ठेक्का हो र ? संविधान संशोधनका लागि दुवै सदनमा दुई तिहाइ नभई पु...

अवैध सामानसहित ३ जना पक्राउ

Image
 काठमाडौँ – झापा प्रहरीले अवैध समान ओसारपसारको आरोपमा तीन वटा कारसहित ३ जनालाई नियन्त्रणमा लिएको छ। शनिबार, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले झापा मेचीनगर नगरपालिका वडा नं. ६ स्थित भन्सार गेट पछाडि भारतबाट नेपाल तर्फ आउँदै गरेका भारतीय नम्बरका कारहरूलाई शङ्का आधारमा चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा, भन्सार छली गरी अवैध रूपमा नेपाल ल्याइएका समान पत्ता लागेपछि उक्त कारहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा ४२ वर्षीय राम दयाल बर्मन, ३३ वर्षीय अमित राय, र ४६ वर्षीय राज कुमार घोस रहेका छन्। प्रहरीले २९ लाख रुपैयाँ बराबरको समान र चालकलाई मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जनाएको छ।

विश्वकप विजेता मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे

Image
  २३ भदौं, काठमाडौं । विश्वकप विजेता मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। मोइन अली, जो इंग्ल्यान्डको २०१९ को आईसीसी क्रिकेट विश्वकपको विजेता टोलीको हिस्सा थिए, उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्रा समापन गर्ने निर्णय लिएका छन्।  मोइन अलीले विभिन्न प्रारूपमा इंग्ल्यान्डको प्रतिनिधित्व गरेका छन् र खेलको मैदानमा धेरै उत्कृष्ट प्रदर्शन गरेका छन्। उनी एक सफल ऑलराउन्डर थिए जसले ब्याटिङ र बलिङ दुबैमा महत्वपूर्ण योगदान दिएका छन्।  अन्तर्राष्ट्रिय क्रिकेटबाट रिटायरमेन्टको घोषणासँगै, मोइन अलीले भविष्यमा खेलका अन्य गतिविधिहरूमा ध्यान केन्द्रित गर्ने योजना बनाएका छन्। यो निर्णयले क्रिकेट जगतमा ठूलो असर पार्नेछ, र मोइन अलीको खेलका योगदानको सराहना गरिने छ।

प्रधानमन्त्री ओलीलाई प्रचण्डको जवाफ: उहाँले गर्दा असभ्य नहुने, मैले बोल्दा असभ्य हुन्छ ?

Image
    २०८१ भदौ २३ गते २३ भदौ, विराटनगर – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई असभ्य भएको आरोप लगाएका छन्। केही दिन अघि प्रधानमन्त्री ओलीले प्रचण्डको अभिव्यक्ति असभ्य भएको प्रतिक्रिया जनाएका थिए। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीको व्यवहारलाई असभ्य भने। उनले भने, “को सभ्य र को असभ्य भन्ने कुरा तपाईंहरुले सुन्नु भएको छ। मैले प्रतिनिधिसभामा नै भनेको थिएँ, यति झुट, बेइमानी, अनैतिकता र जालझेलको तरिकाले अपनाउनु भयो। उहाँले मेरो कुरा असभ्य भने, तर मैले के असभ्य गरेको छु? उहाँले असभ्य काम गरेनन् भने मैले असभ्य काम गरेँ भने असभ्य हुन्छ कि?” प्रचण्डले एमाले र कांग्रेसको सरकारले सत्ता सम्हालेपछि माओवादी केन्द्र पार्टी निर्माणमा केन्द्रित भएको जानकारी दिए। उनले भने, “हामी अहिले सरकार निर्माणको खेलमा छैनौं। पार्टी बनाउनेतिर ध्यान केन्द्रित गरेका छौं। अहिले माओवादी पार्टी निर्माणको काममा लाग्नेछौं। सरकार बनाउनेतिर हाम्रो ध्यान छैन।” प्रचण्डले आफ्नो नेतृत्वमा भएको सरकारले भ्रष्टाचारविरुद्धको अभियान चलाएको...

मेयर बोलेनको अर्को स्टाटस : नयाँ मापदण्डबारे महानगरलाई गाली गरेर न्याय पाइँदैन

Image
  २३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्डअनुसार खोला किनारका घर नभत्किने बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले मापदण्डभित्र परेका घर भत्काउन सरकारले मुआब्जा दिनुपर्ने बताएका हुन् । ‘तपाईं को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन निस्चिन्त रहनुहोस भत्काउनै परे मुआब्जा दिनुपर्छ सरकारले, ५० वर्ष पहिलेको तिनकुने को मुआब्जा दिन नसक्ने सरकारले तपाईंलाई दिन नि सक्दैन भत्काउन नि सक्दैन’, उनले भनेका छन्, ‘तपाइँको लागि हामी छँदै छौं । केन्द्र सरकारलाई दबाब दिनुहोस नियम परिवर्तनको लागि ।’ मेयर बालेनले खोला किनारको मापदण्ड महानगरले नभई संघीय सरकारले नै बनाएकोसमेत स्पष्ट पारेका छन् । ‘खोलाको मापदण्ड र कानुन आफै बनाउने, आफै सहभागी भएको परिषद् देखि न्यायाधीश आउने । सरकार आफ्नै । कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्न’, उनले भनेका छन्, ‘अनि, भएको कानुन र फैसलालाई कार्यान्वन गर्दा दोष जति काठमाडौ महानगरलाई ? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ ।’ नेकपा एमालेले काठमाडौं महानगरमा नदीका दायाँवायाँ छोड्न निर्धारण गरिएभन्दा थप २० मिटर जग्गा...

संविधानमार्फत सबै समुदायको अधिकार सुनिश्चित गरेका छौं, अब समाजवादको विकल्प छैन: प्रचण्ड

Image
  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अविस्मरणीय रहेको बताएका छन् । १२ वर्षे रुद्रायणी मेला समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यही योगदानको फलस्वरुप संविधानमार्फत सबै समुदायको अधिकार एक हदसम्म सुनिश्चित गरेको बताए । उनले भने, ‘देशको आर्थिक विकास, सामाजिक सौहार्दता र संस्कृति संरक्षणको क्षेत्रमा मात्रै नभई नेवाः समुदायले देशको राजनीतिक परिवर्तनको लागि पनि ऐतिहासिक भूमिका निर्वाह गर्दै आइरहेको इतिहास छ । खासगरी १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अविस्मरणीय छ । यही योगदानको फलस्वरुप हामीले संविधानमार्फत सबै जाति, क्षेत्र, लिंग, भाषी समुदायको अधिकार एक हदसम्म सुनिश्चित गरेका छौं ।’ अध्यक्ष प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धि हुँदै जनताले देखेको समाजवादको सपना पूरा गर्नुपर्ने बताए ।  प्रकाशित: २०८१ भदौ २२ गते 

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

Image
  तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।  बिहीबार रातिदेखि परेको वर्षाका कारण गएको पहिरोले घाँसीकुवा–डुम्रे खण्ड अवरुद्ध भएको हो । लेदो सहितको पहिरो हटाउने काम भइरहेको छ छिट्टै एकतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । 

फेसबुकले हटाएको बालेन साहको पोस्ट फिर्ता

Image
  २१ भदौ, काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन्द्र साहले लेखेको फेसबुक पोस्ट फेसबुकले फिर्ता गरिदिएको छ । एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै उनले लेखेको घरेलु  बालश्रम सम्बन्धी स्टाटस लाई फेसबुकले कम्युनिटी गाइडलाइन उल्लंघन भएकाले तीन दिनअघि हटाएको थियो । यद्यपि फेसबुकले आधिकारिक रुपमा केही उल्लेख गरेको भने थिएन । साहले आफ्नो पोस्ट सरकारले हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध रोष प्रकट गरेका थिए । त्यसपछि साहका केही निकटस्थ र समर्थकले प्रधानमन्त्री ओलीको फेसबुक पेजमा अनफलो अभियान चलाएका थिए । सरकारले भने त्यो पोस्ट आफूले नहटाएको, बरु साह आफैंले हटाएको बताउँदै आएको थियो । ओली र साह दुवैले यसबारे औपचारिक रुपमा केही नभने पनि एमाले पार्टी पंक्ति र साहका समर्थकबीच फेसबुकमा आरोप प्रत्यारोप नै चलेको थियो ।

बागमती प्रदेश कमिटी सदस्य न्यौपानेलाई माओवादीले गरायो सचेत

Image
  काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ज्वाला प्रसाद न्यौपाने (पुकार)लाई पार्टीले सचेत गराएको छ । माओवादी सिन्धुली इन्चार्ज बुद्धिमान माझी (वसन्त) ले एक विज्ञप्ति जारी गर्दै सिन्धुली पार्टी संयोजक पानीराज वम्जनको नाम जोडी तथ्यहीन, भ्रामक, कपोकल्पित, दुष्प्रचार गर्ने मनसाय बोकी विभिन्न लाञ्छना र आरोप लगाएको भन्दै यस्तो कार्य नगर्न सचेत गराएका हुन् ।   ‘माओवादी आन्दोलन र पार्टी प्रति जनविश्वास र पुनः जनलहर बढ्न थालिसकेको अवस्थामा हाम्रै पार्टीको बागमती प्रदेश कमिटी सदस्य  ज्वाला प्रसाद न्यौपाने (पुकार) ले आफ्नो फेसबुक अकाउन्ट र विभिन्न सामाजिक सञ्जालको माध्यमबाट सिन्धुली जिल्ला पार्टी संयोजक पानीराज वम्जनको नाम जोडी तथ्यहीन, भ्रामक, कपोकल्पित, दुष्प्रचार गर्ने मनसाय बोकी विभिन्न लाञ्छना र आरोप लगाई सामाजिक सञ्जाल मार्फत जनतामा भ्रम छर्दै जिल्ला पार्टी र संयोजक स्वयंको चरित्रहत्या गर्ने र जिल्ला नेतृत्व त्याग गरी मार्ग प्रशस्त गर्न निरन्तर सामाजिक सञ्जाल मार्फत अनावश्यक दबाब सिर्जना गर्ने जुन प्रयत्न गरिएको छ सो कुरा पार्टी विधान विपरीत रहेको जानका...

अमेरिकी राष्ट्रपति बाइडेनका छोराद्वारा कर छली मुद्दाका सबै आरोप स्वीकार

Image
   भदौ २१, २०८१ शुक्रबार   |  एजेन्सी अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले आफूविरुद्धको कर छली मुद्दामा लागेका सबै नौ वटा आरोप स्वीकार गर्नुभएको छ । यसअघि हन्टर बाइडेनले सन् २०१६ देखि २०१९ को अवधिको आयमा जानाजान १४ लाख डलर नतिरेको भन्ने आरोपलाई अस्वीकार गर्दै आउनुभएको थियो । ५४ वर्षीय हन्टर बाइडेनले आफ्नो निर्दाेष दाबी गर्दै मुद्दाको सामना गर्न चाहेकोमा अभियोजकहरूको आपत्तिपछि आरोप स्वीकार्न राजी हुनुभएको बीबीसीले जनाएको छ । उहाँलाई अधिकतम १५ वर्षसम्मको जेल सजाय र ५ देखि १० लाख डलरसम्मको जरिबाना हुनसक्ने बताइएको छ । यो मुद्दामा आउँदो डिसेम्बर १६ अर्थात् राष्ट्रपति पदको चुनाव सकिएको एक महिनापछि सुनुवाइ हुने खबरमा उल्लेख छ । राष्ट्रपति जो बाइडेनले आफ्नो छोरालाई माफी दिनका लागि आफ्नो अधिकार प्रयोग नगर्ने बताउनुभएको थियो । अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपति चुनाव हुँदैछ । राष्ट्रपति बाइडेनका छोरा तीन महिनाअघि बन्दुक राख्ने र लागूऔषध प्रयोगको छुट्टाछुट्टै मुद्दामा दोषी ठहर हुनुभएको थियो ।