पोखरामा सहकारीपीडितले रवि लामिछानेलाई देखाए कालो झण्डा

 पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई पोखराका सहकारीपीडितहरूले कालो झण्डा देखाएका छन् ।



पार्टीको प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा सहभागी हुन लामिछाने मंगलबार पोखरा पुगेका थिए । सोही क्रममा पोखराको बिरौटास्थित एउटा ब्याङ्क्वेटमा जाने क्रममा उनलाई पोखराका सहकारीपीडित बचतकर्ताले कालो झण्डा देखाएका हुन् ।

लामिछाने भने कडा सुरक्षाबीच कार्यक्रमस्थल प्रवेश गरेका छन् । उनी कार्यक्रमस्थल पुग्ने सडकमा अन्य सवारीलाई ट्राफिक प्रहरीले रोक लगाएका थिए ।

Comments

Popular posts from this blog

कृषि मन्त्रालयबाट ४५ करोड अनुदान बाँडफाँड: को-को लाभान्वित?

इन्टरनेट प्रदायकलाई प्राधिकरणको निर्देशन: टिकटकमाथिको प्रतिबन्ध हटाउनू

आफूले गरेका कामको हिसाबकिताब देखाउन मतदाता कहाँ जाँदै रवि लामिछाने

संगीता पहाडी नेपाल टेलिकम प्रबन्ध निर्देशकमा नियुक्त

पलेशाको जीतले नेपाल र नेपालीको गौरव बढायो : प्रचण्ड