तातोपानी जाने पुल भत्कियो, नाकामै अड्किए मालवाहक कन्टेनर
१२ असोज, काठमाडौं । नेपाल चीन नाका जोड्ने अरनिकोको राजमार्गका पुलहरुमा बाढीले क्षति पुर्याएको छ । बाढीले क्षति पुर्याउँदा चीनको तातोपानी नाका जाने बाटो नेपालतर्फबाट अवरुद्ध भएको छ ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका २ तातोपानीका वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार लार्चाको बेली ब्रिज बगाएको छ । यस्तै १० किलोबाट पाङसिर्पु जाने बेली ब्रिज पनि बगाएको छ । तातोपानी नाका जाने लिपिङको पुल पनि बगाएको छ ।
पुल भत्किँदा दशैं लक्षित गरेर चिनबाट आयात गर्न सामान बोकेका कन्टेनरहरु नाका मै अड्किएका छन ।
Comments
Post a Comment