बागमती प्रदेश कमिटी सदस्य न्यौपानेलाई माओवादीले गरायो सचेत

 काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ज्वाला प्रसाद न्यौपाने (पुकार)लाई पार्टीले सचेत गराएको छ । माओवादी सिन्धुली इन्चार्ज बुद्धिमान माझी (वसन्त) ले एक विज्ञप्ति जारी गर्दै सिन्धुली पार्टी संयोजक पानीराज वम्जनको नाम जोडी तथ्यहीन, भ्रामक, कपोकल्पित, दुष्प्रचार गर्ने मनसाय बोकी विभिन्न लाञ्छना र आरोप लगाएको भन्दै यस्तो कार्य नगर्न सचेत गराएका हुन् ।  

‘माओवादी आन्दोलन र पार्टी प्रति जनविश्वास र पुनः जनलहर बढ्न थालिसकेको अवस्थामा हाम्रै पार्टीको बागमती प्रदेश कमिटी सदस्य  ज्वाला प्रसाद न्यौपाने (पुकार) ले आफ्नो फेसबुक अकाउन्ट र विभिन्न सामाजिक सञ्जालको माध्यमबाट सिन्धुली जिल्ला पार्टी संयोजक पानीराज वम्जनको नाम जोडी तथ्यहीन, भ्रामक, कपोकल्पित, दुष्प्रचार गर्ने मनसाय बोकी विभिन्न लाञ्छना र आरोप लगाई सामाजिक सञ्जाल मार्फत जनतामा भ्रम छर्दै जिल्ला पार्टी र संयोजक स्वयंको चरित्रहत्या गर्ने र जिल्ला नेतृत्व त्याग गरी मार्ग प्रशस्त गर्न निरन्तर सामाजिक सञ्जाल मार्फत अनावश्यक दबाब सिर्जना गर्ने जुन प्रयत्न गरिएको छ सो कुरा पार्टी विधान विपरीत रहेको जानकारी गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ । 


विज्ञप्तिमा अगाडि भनिएको छ, ‘त्यस्ता कपोकल्पित, तथ्यहीन र भ्रामक सूचना सम्प्रेषण नगर्न र नगराउनुहुन न्यौपानेलाई सचेत गराउँदै त्यस्ता अनावश्यक तथ्यहीन भ्रामक आरोपको पछि नलाग्नुहुन सिङ्गो पार्टी पङ्क्ति, शुभचिन्तक, समर्थक र आम न्यायप्रेमी जनसमुदायहरूमा हार्दिक अपिल गर्न चाहन्छौँ ।’



Comments

Popular posts from this blog

कृषि मन्त्रालयबाट ४५ करोड अनुदान बाँडफाँड: को-को लाभान्वित?

इन्टरनेट प्रदायकलाई प्राधिकरणको निर्देशन: टिकटकमाथिको प्रतिबन्ध हटाउनू

आफूले गरेका कामको हिसाबकिताब देखाउन मतदाता कहाँ जाँदै रवि लामिछाने

संगीता पहाडी नेपाल टेलिकम प्रबन्ध निर्देशकमा नियुक्त

पलेशाको जीतले नेपाल र नेपालीको गौरव बढायो : प्रचण्ड