सहकारी छानबिन समितिद्वारा प्रतिवेदन निर्माणबारे अर्थमन्त्री, गभर्नरलगायतसँग छलफल

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गभर्नर महाप्रसाद अधिकारीलगायतसँग छलफल गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले प्रतिवेदन निर्माणका सन्दर्भमा अर्थमन्त्री लगायतसँग छलफल गरेको हो ।



 <audio controls>

  <source src="https://drive.google.com/uc?export=download&id=1wBlrlHgG_hjeIW1bDusU2zXWelJyWei6" type="audio/mpeg">

  Your browser does not support the audio element.

</audio>

छलफलका क्रममा उपप्रधान एवं अर्थमन्त्री पौडेलले समितिले निकालेका निष्कर्ष र प्रतिवेदनलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको समितिका सभापति सूर्य थापाले जानकारी दिए । सहकारीको चम्किलो भविष्यका निम्ति समितिको प्रतिवेदन महत्वपूर्ण हुने भन्दै अर्थमन्त्री पौडेलले समितिको कामलाई सरकारले महत्वका साथ हेरिरहेको बताएका थिए ।

सहकारीबाट ऋण लिनेले तिर्नुपदैन भन्ने भ्रम नराख्न र सहकारी क्षेत्रको प्रभावकारी नियमनका लागि संयन्त्र गठन गर्नुपर्नेमा समेत अर्थमन्त्री पौडेलले जोड दिनुभएको समिति संयोजक थापाले बताए ।

त्यस्तै, राष्ट्र बैंकका गभर्नर अधिकारीले सहकारी क्षेत्रलाई दोश्रो नियमनकारी निकाय गठन गरेर हेर्नुपर्ने, सहकारीको आर्थिक हिसाबकिताब हेरेर समाधान खोज्नुपर्नेमा जोड दिएको थापाले जानकारी दिए । सवै निकायको छलफलका आधारमा प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी भइरहेको संयोजक थापाले बताए ।

यसअघि समितिले सहकारी दूरुपयोगमा आरोपित, पीडित, सरोकारवाला निकाय लगाएतसंग छलफल गरेको थियो । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न संसदले गत १५ गते छानविन समिति गठन गरेको थियो । समितिको तीनमहिनाको समयअवधि भदौँ २३ गते सकिँदै थियो । तर सो समयमा प्रतिवेदन तयार हुन नसकेपछि प्रतिनिधिसभाले १५ दिनको म्याद थप गरेको छ ।

 


Comments

Popular posts from this blog

कृषि मन्त्रालयबाट ४५ करोड अनुदान बाँडफाँड: को-को लाभान्वित?

इन्टरनेट प्रदायकलाई प्राधिकरणको निर्देशन: टिकटकमाथिको प्रतिबन्ध हटाउनू

आफूले गरेका कामको हिसाबकिताब देखाउन मतदाता कहाँ जाँदै रवि लामिछाने

संगीता पहाडी नेपाल टेलिकम प्रबन्ध निर्देशकमा नियुक्त

पलेशाको जीतले नेपाल र नेपालीको गौरव बढायो : प्रचण्ड