अवैध सामानसहित ३ जना पक्राउ

 काठमाडौँ – झापा प्रहरीले अवैध समान ओसारपसारको आरोपमा तीन वटा कारसहित ३ जनालाई नियन्त्रणमा लिएको छ। शनिबार, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले झापा मेचीनगर नगरपालिका वडा नं. ६ स्थित भन्सार गेट पछाडि भारतबाट नेपाल तर्फ आउँदै गरेका भारतीय नम्बरका कारहरूलाई शङ्का आधारमा चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा, भन्सार छली गरी अवैध रूपमा नेपाल ल्याइएका समान पत्ता लागेपछि उक्त कारहरूलाई नियन्त्रणमा लिइएको हो।




पक्राउ पर्नेमा ४२ वर्षीय राम दयाल बर्मन, ३३ वर्षीय अमित राय, र ४६ वर्षीय राज कुमार घोस रहेका छन्। प्रहरीले २९ लाख रुपैयाँ बराबरको समान र चालकलाई मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जनाएको छ।



Comments

Popular posts from this blog

कृषि मन्त्रालयबाट ४५ करोड अनुदान बाँडफाँड: को-को लाभान्वित?

संगीता पहाडी नेपाल टेलिकम प्रबन्ध निर्देशकमा नियुक्त

इन्टरनेट प्रदायकलाई प्राधिकरणको निर्देशन: टिकटकमाथिको प्रतिबन्ध हटाउनू

पलेशाको जीतले नेपाल र नेपालीको गौरव बढायो : प्रचण्ड

आफूले गरेका कामको हिसाबकिताब देखाउन मतदाता कहाँ जाँदै रवि लामिछाने