रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

 २९ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने रास्वापाले जनाएको छ ।पार्टीका कार्यबहाक प्रवक्ता मनिष झाका अनुसार बैठकमा विभिन्न ९ वटा एजेन्डामा छलफलको तयारी गरिएको छ ।

समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधि, राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम, रिपोर्टका साथै प्रस्तावित कार्य तालिकाबारे छलफल बैठकमा हुनेछ ।राष्ट्रिय भेलाको हालसम्मको तयारी सबै उपसमितिद्वारा प्रस्तुत प्रतिवेदनहरू, जिल्ला भेला र जिल्ला समिति गठनबारे पनि छलफल हुने कार्यबहाक प्रवक्ता झाले जानकारी दिए ।


यसबाहेक विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र आवश्यक छलफल गर्ने, प्रस्तावित नियमावली र कार्यविधिहरूबारे पनि छलफल हुनेछ ।

Comments

Popular posts from this blog

कृषि मन्त्रालयबाट ४५ करोड अनुदान बाँडफाँड: को-को लाभान्वित?

इन्टरनेट प्रदायकलाई प्राधिकरणको निर्देशन: टिकटकमाथिको प्रतिबन्ध हटाउनू

आफूले गरेका कामको हिसाबकिताब देखाउन मतदाता कहाँ जाँदै रवि लामिछाने

संगीता पहाडी नेपाल टेलिकम प्रबन्ध निर्देशकमा नियुक्त

पलेशाको जीतले नेपाल र नेपालीको गौरव बढायो : प्रचण्ड