भक्तपुरमा घर र गोठमा भीषण आगलागी, क्षतिको विवरण आउन बाँकी

 


 २०८१ भदौ २१ गते ८:१०

२१ भदौ, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ४ नारायणटारमा लामखुट्टे धपाउन भन्दै बालेको कोइलाबाट घर र गोठमा आगलागी भएको छ । आगलागीबाट करिब ६० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।



प्रहरीले गोपनीयताका लागि भन्दै आगलागी भएको घर र गोठ धनीको नाम भने खुलाएको छैन ।



आज बिहान २ः४० बजेको समयमा घरमा आगो लागेको र त्यो आगो सँगैको गोठमा पनि सल्किएको प्रहरीको भनाइ छ । प्रहरी टोली, दमकल र स्थानीय बासिहरुको सहयोगमा बिहान पौने चार बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट अन्दाजी ५० हजार रुपैयाँ बराबरको एउटा जर्सी गाई र अन्दाजी १० हजार मूल्य बराबरको एउटा बाख्रो मर्दा जम्मा ६० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डीएसपी मोहनमणि अधिकारीले बताए । ‘जस्ताले छाएको छाप्रोजस्तो सानो घर–गोठ भएकाले त्यहाँ खासै ठूलो नोक्सान भएन,’ उनले भने ।

Comments

Popular posts from this blog

कृषि मन्त्रालयबाट ४५ करोड अनुदान बाँडफाँड: को-को लाभान्वित?

संगीता पहाडी नेपाल टेलिकम प्रबन्ध निर्देशकमा नियुक्त

पलेशाको जीतले नेपाल र नेपालीको गौरव बढायो : प्रचण्ड

आफूले गरेका कामको हिसाबकिताब देखाउन मतदाता कहाँ जाँदै रवि लामिछाने

इन्टरनेट प्रदायकलाई प्राधिकरणको निर्देशन: टिकटकमाथिको प्रतिबन्ध हटाउनू