केन्याको विद्यालयमा आगलागी हुँदा १७ विद्यार्थीको मृत्यु
शुक्रबार, भदौ २१, २०८१
केन्यामा एक विद्यालयमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ । आइतबार राति न्येरी काउन्टीस्थित हिलसाइड एन्डराशा प्राइमरी स्कुलमा आगलागी भएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीले आगलागीको कारण भने नखुलेको बताएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । किनकि केही विद्यार्थीहरूलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ ।
यो एक निजी आवासीय विद्यालय हो, जहाँ ६ देखि १४ वर्षसम्मका विद्यार्थीहरू पढ्छन् । समाचाए एजेन्सी एएफपीका अनुसार सो विद्यालयमा ८०० विद्यार्थी थिए ।
Comments
Post a Comment