अमेरिकी चुनावमा पुटिनले दिए कमलालाई समर्थन, भनें- 'उनी खुल्ला हाँस्छिन्'

 एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कमला ह्यारिसलाई अमेरिकी राष्ट्रपति पदका लागि समर्थन गरेका छन्।

रुसको भ्लादिभोस्तोक सहरमा आयोजित ‘इस्टर्न इकोनोमिक फोरम’मा पुटिनलाई अमेरिकी राष्ट्रपतिको रूपमा कसलाई रुचाउनुहुन्छ भनेर सोधिएको थियो।

प्रश्नको जवाफमा पुटिनले भने, ‘यदि तपाईंले मलाई पहिले सोध्नुभएको भए म राष्ट्रपति बाइडेनको नाम लिने थिएँ। तर, अहिले उनी दौडबाट पछि हटेका छन्, उनले कमला ह्यारिसको नामलाई समर्थन गरेका छन्, त्यसैले म पनि त्यही गर्छु।’

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति हुँदा रुसमाथि थप र कडा प्रतिबन्ध लगाएका कारण पनि पुटिनले कमला रोजेको बताएका छन्। उनीअघि कुनै पनि अमेरिकी राष्ट्रपतिले रुसमाथि यति धेरै प्रतिबन्ध नलगाएको उनको भनाइ छ।

कमला ह्यारिसको बारेमा कुरा गर्दै उनले उनी खुलेर हाँस्ने बताए। यसले उनको जीवनमा सबै कुरा सही चलिरहेको छ भन्ने देखाउँछ। यदि सबै कुरा राम्रो गरिरहेकी छन् भने उनले ट्रम्पले जसरी रुसमाथि प्रतिबन्ध पनि लगाउँदिनन्।

यद्यपि उनले अमेरिकाको राष्ट्रपति अमेरिकी नागरिकले चुन्ने बताए। आफू अमेरिकी नागरिकले चाहनाको सम्मान गर्ने समेत स्पष्ट पारे।

राष्ट्रपति जो बाइडेनलाई आफ्नै पार्टीका नेताहरूले उम्मेदवारीबाट बाहिरिन दबाब बढाएपछि उनले २१ जुलाईमा राष्ट्रपतिको दौडबाट बाहिरिएको घोषणा गरेका थिए।

अमेरिकामा यही वर्ष नोभेम्बर ५ तारिखमा अमेरिकामा राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ। भोटिङ परिणाम छ जनवरी २०२५ मा आउनेछ।

राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस मैदानमा छन्। कमला वर्तमान बाइडेन सरकारको उपराष्ट्रपति समेत हुन् भने ट्रम्प २०१७ देखि २०२१ मा राष्ट्रपति भइसकेका छन्।



Comments

Popular posts from this blog

कृषि मन्त्रालयबाट ४५ करोड अनुदान बाँडफाँड: को-को लाभान्वित?

संगीता पहाडी नेपाल टेलिकम प्रबन्ध निर्देशकमा नियुक्त

आफूले गरेका कामको हिसाबकिताब देखाउन मतदाता कहाँ जाँदै रवि लामिछाने

इन्टरनेट प्रदायकलाई प्राधिकरणको निर्देशन: टिकटकमाथिको प्रतिबन्ध हटाउनू

पलेशाको जीतले नेपाल र नेपालीको गौरव बढायो : प्रचण्ड