हलमा लागे ‘देवी’ र ‘रावायण’सहित भेनिसको ओपनिङ फिल्म ‘बिटलजुस बिटलजुस’

 काठमाडौं । शुक्रबारदेखि नेपालमा तीन नयाँ फिल्म हलमा रिलिज भएका छन् । दुई नेपाली सहित एक हलिउड फिल्मको प्रदर्शन थालनी भएको हो । दक्षिण भारतीय ‘द ग्रेटेस्ट अफ अल टाइम’ भने बिहीबार नै रिलिज भएको छ ।

शुक्रबारदेखि रिलिजमा आएका दुई नेपाली फिल्ममा ‘देवी’ र ‘रावायण’ छन् । गत साता विश्व प्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा ओपनिङ फिल्मको रुपमा रहेको ‘बिटलजुस बिटलजुस’ पनि रिलिज भएको छ ।

हरितालिका तीजको बिदाको अवसरमा रिलिज भएका यी फिल्मलाई दर्शकले आफ्नो रुचिअनुसार हेर्ने सुविधा उपलब्ध छ । क्राइम-थ्रिलर जनरामा आधारित ‘देवी’मा शिल्पा मास्केको शीर्ष भूमिका छ । सञ्जोग राई निर्देशित फिल्मले देशव्यापी श्रृंखलाबद्ध बलात्कारपछिको हत्याका घटनाको खोजीमा निस्किएकी एक पत्रकारको कथा भन्छ ।

तपाईंलाई सामाजिक कथावस्तुसहितको सन्देशमूलक फिल्ममा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ । यो फिल्ममा शिल्पासहित नाजिर हुसेन र गौरव पहारीको पनि अभिनय छ । पीजी सर्टिफिकेट पाएको यो फिल्मको रनटाइम ९७ मिनेट छ ।


शुक्रबारदेखि हलमा सुदर्शन थापा निर्देशित फिल्म ‘रावायण’ पनि रिलिज भएको छ । पूजा शर्मा र पल शाहको शीर्ष भूमिका रहेको यो फिल्मले नेपाल र भारतबीचको परिवेशमा सेट गरिएको कथा पेश गर्छ ।  १३५ मिनेट रनटाइमको फिल्मलाई १६ वर्षमुनिका दर्शकले हेर्न पाउनेछैनन् ।

‘बिटलजुस बिटलजुस’ गत साता इटालीको प्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भइसकेको छ । डार्क फेन्टासी, कमेडी, हरर फिल्मलाई टीम बर्टनले निर्देशन गरेका हुन् ।



Comments

Popular posts from this blog

कृषि मन्त्रालयबाट ४५ करोड अनुदान बाँडफाँड: को-को लाभान्वित?

संगीता पहाडी नेपाल टेलिकम प्रबन्ध निर्देशकमा नियुक्त

आफूले गरेका कामको हिसाबकिताब देखाउन मतदाता कहाँ जाँदै रवि लामिछाने

इन्टरनेट प्रदायकलाई प्राधिकरणको निर्देशन: टिकटकमाथिको प्रतिबन्ध हटाउनू

पलेशाको जीतले नेपाल र नेपालीको गौरव बढायो : प्रचण्ड