कैद कट्टामा सत्ता प्रभाव : प्रचण्डकालका ६ सय २० मा थपिए चार सय ९२, गैंडा मार्नेदेखि मान्छे मार्नेसम्मको कैद माफ हुँदै



निरक थापा  २०८१ भदौ २० गते २०ः४५


माओवादी केन्द्र, एमाले अनि राष्ट्रिय स्वतन्त्र पार्टीसहितको सरकारले असार १० मासय २० जनाको कैद कट्टा गर्ने प्रक्रिया अगाडि बढाएको थियोसंविधान दिवस पारेर मन्त्रिपरिषद्बाट बाँकी कैद सजाय मिनाहा हुने गरी उनीहरूलाई छाड्न कारागार व्यवस्था विभाग हुँदै गृह मन्त्रालयमा सूची पुग्यो 

यो बिचमा गठबन्धन बदलिएर माओवादीरास्वपासहितको दल बाहिरिएनेपाली कांग्रेससहितका साना दलसहित एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्योनयाँ सरकार बनेपछि कैद कट्टा हुनेहरूको पनि नयाँ सूची बन्योभदौ २३ को मौका छोपेर चार सय ९२ जनाको कैद कट्टा गर्न विभागले सूची समेत सार्वजनिक गरिसकेको छ। 

सर्वोच्च अदालतको आदेश अनुसार गुपचुप कैद माफीमिनाहा गर्न सम्भव छैन अहिलेविभागले कर्तव्य ज्यानसहितका गम्भीर मुद्दामा पीडितको सहमतिसँगै कैद मिनाहा गर्न लागेकाहरूको सूची सार्वजनिक गरेर कतैबाट उजुरी नआएको हकमा मात्रै माफी मिनाहाका लागि गृहमा सिफारिस गर्न सक्छविभागको सिफारिस अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेर बाँकी कैद माफी-मिनाहा हुनसक्छविभागले सार्वजनिक गरेको नयाँ सूचीमा ५० प्रतिशत कैद भुक्तान गरेकासय १९, ज्येष्ठ सदस्य २ र घटना भई ४० प्रतिशत कैद भुक्तान भएका ७१ जनाको नाम छ। कैद माफीको सूचीमा रहेकाहरू अधिकांश सवारी ज्यानका दोषी छन्हत्यासँगै यो पटक वन्यजन्तु अपराधमा दोषी ठहर भएकाहरूको सङ्ख्या धेरै देखिन्छ 

कस्तुरीको बिनाको कारोबारी, गैँडा मारेर खाग बेच्ने, संरक्षित वन्यजन्तु रेडपाण्डा मारेर छाला बेच्नेहरूको सङ्ख्या माफी मिनाहाको सूचीमा टन्नै देखिन्छ 

विभागले भदौ १६ मा सूचना प्रकाशित गरेकाले त्यो सूचीमा २३ भित्रमा कुनै उजुरी नआएको हकमा कैद कट्टाको निर्णय हुनसक्छतर त्यही दिन पारेर सरकारले निर्णयको तयारी गरेकाले नयाँ सूचीमा कुनैकुनै रूपमा राजनीतिक प्रभाव देखिन्छ नै 


Comments

Popular posts from this blog

कृषि मन्त्रालयबाट ४५ करोड अनुदान बाँडफाँड: को-को लाभान्वित?

संगीता पहाडी नेपाल टेलिकम प्रबन्ध निर्देशकमा नियुक्त

पलेशाको जीतले नेपाल र नेपालीको गौरव बढायो : प्रचण्ड

आफूले गरेका कामको हिसाबकिताब देखाउन मतदाता कहाँ जाँदै रवि लामिछाने

इन्टरनेट प्रदायकलाई प्राधिकरणको निर्देशन: टिकटकमाथिको प्रतिबन्ध हटाउनू