Posts

khabar palpalko Online nepali news

आफूले गरेका कामको हिसाबकिताब देखाउन मतदाता कहाँ जाँदै रवि लामिछाने

Image
  राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले चितवनको मतदातासँग तेस्रो सार्वजनिक सुनुवाइ गर्ने भएका छन् ।   https://youtu.be/IXr2AU7kPkM शुक्रबार चितवनको इच्छाकामनास्थित थकाली समाज भवनमा सार्वजनिक सुनवाइ गर्न लागेका हुन् ।   आफूले गरेका हरेक कामको हिसाबकिताब आफ्ना मतदातालाई बुझाउने परम्पराको निरन्तरतास्वतप चितवन जान लागेको उनले बताएका छन् । उनले भनेका छन् , ‘ सबै मतदातालाई आफ्नो प्रश्न सहित यस कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दछु । साथै , जनसरोकारको विषयमा गरिएको र राज्यरसमाजका सबै सरोकारवाला सहभागी हुने भएकोले यो कार्यक्रममा पार्टीको झन्डा , ब्यानर , लोगो वा पोसाक नलगाइदिनु हुन अनुरोध छ।’   लामिछाने चितवन २ बाट निर्वाचित सांसद हुन् ।  

उपत्यकाका तीन जिल्लामा बाढीबाट २१ जनाको मृत्यु, ६ बेपत्ता

Image
  १२ असोज, काठमाडौं । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र २१ जनाको मृत्यु भएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार, बाढीमा परेर काठमाडौं र ललितपुरमा ९/९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको छ । घिमिरेका अनुसार, काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा १ जना घाइते छन् भने तीन जिल्लामा गरेर ६ जना बेपत्ता छन् । प्रहरीका अनुसार, काठमाडौंमा २२६ घर डुबानमा परेका छन् भने नेपाल प्रहरीबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा ३ हजार ६० जनाको उद्दार टोली खटिएको छ । ललितपुरका पनि अधिकांश स्थानमा पानी पसेको छ । नखिपोटमा उद्दारमा ढिलाइ हुँदा शनिबार बिहान ४ जना बेपत्ता भएका थिए । तर, केही तल तीन जनालाई प्रहरी र स्थानीय मिलेर उद्दार गरेका छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालका अनुसार, उद्दार गरेर प्रहरी प्रभाग भैंसेपाटीको गाडीमा पाटन अस्पताल पुर्याइएको छ । भक्तपुरमा ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते छन् । भक्तपुरमा पनि अधिकांश स्थानमा पानी पसेको छ भने प्रहरी उपरीक्षकको कमाण्डमा १२० जना प्रहरी परिचालित भएको घिम...

तातोपानी जाने पुल भत्कियो, नाकामै अड्किए मालवाहक कन्टेनर

Image
  १२ असोज, काठमाडौं । नेपाल चीन नाका जोड्ने अरनिकोको राजमार्गका पुलहरुमा बाढीले क्षति पुर्‍याएको छ । बाढीले क्षति पुर्‍याउँदा चीनको तातोपानी नाका जाने बाटो नेपालतर्फबाट अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका २ तातोपानीका वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार लार्चाको बेली ब्रिज बगाएको छ । यस्तै १० किलोबाट पाङसिर्पु जाने बेली ब्रिज पनि बगाएको छ । तातोपानी नाका जाने लिपिङको पुल पनि बगाएको छ । पुल भत्किँदा दशैं लक्षित गरेर चिनबाट आयात गर्न सामान बोकेका कन्टेनरहरु नाका मै अड्किएका छन ।

मकवानपुरको सिस्नेरीमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बेपत्ता

Image
  १२ असोज, हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकास्थित सिस्नेरी बजार नजिकैको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ६ बालक बाढीमा बेपत्ता भएका छन् । शनिबार बिहान कुलेखानी जलासय खोलेपछि खोलामा बाढी आएको थियो । खोलासँगै जोडिएको विद्यालयमा बालकहरुलाई सुरक्षित स्थानमा लैजाने क्रममा ६ जना बेपत्ता भएको जानकारी आएको विद्यालयका अध्यक्ष तथा एकेडेमीका संयोजक सुभाषचन्द्र ठकुरीले जानकारी दिए । उक्त विद्यालयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वर्षदेखि एकेडेमी सञ्चालन गरेको थियो । एकेडेमीमा ४० जना बालक थिए । कुलेखानीको बाँध खोलेपछि खोला बढेकाले सुरक्षित स्थानतर्फ लैजाने क्रममा माथिबाट लेदोसहितको पहिरो जाँदा ६ जना बेपत्ता भएका ठकुरीले जानकारी दिए । ३४ जना भने सुरक्षित रहेको उनको भनाइ छ । मकवानपुरका एसपी सीताराम रिजालले खेलाडी बेपत्ता भएको खबर आएको तर प्रहरी घटनास्थलमा पुग्न नसकेको बताए । ‘खेलाडी वेपत्ता भएको सूचना आएको छ । तर बाढी पहिरोका कारण प्रहरी घटनास्थल पुग्न सकेको छैन’ एसपी रिजालले अनाइनखबरसँग भने ।

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः प्रचण्ड

Image
  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन् । आज बिहान जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापनपत्र बुझ्दै उनले नेपाललाई टकरावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताए ।  पुष्पकमल दाहाल प्रचण्ड शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा हुनसक्ने उनको धारणा छ । ‘हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष–विपक्षमा मत थिए, यसमा कुनै दलले समर्थन गर्ने स्थिति थिएन’ प्रचण्डले भने, ‘तर अब बदलिएको राजनीतिक परिस्थिति र विश्व परिस्थितिमा राष्ट्रिय स्वाधीनताको रक्षाका लागि शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ ।’ २०३१ सालमा तत्कालीन राजा वीरेन्द्रले अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा गर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई अमेरिका, चीनलगायत १३० भन्दा धेरै देशले समर्थन गरे पनि सिक्किमलाई गाभेको भारतले अस्वीकार गरेको थियो । उक्त प्रस्ताव हाल नेपालले बोक्न छाडिस...