आफूले गरेका कामको हिसाबकिताब देखाउन मतदाता कहाँ जाँदै रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले चितवनको मतदातासँग तेस्रो सार्वजनिक सुनुवाइ गर्ने भएका छन् । https://youtu.be/IXr2AU7kPkM शुक्रबार चितवनको इच्छाकामनास्थित थकाली समाज भवनमा सार्वजनिक सुनवाइ गर्न लागेका हुन् । आफूले गरेका हरेक कामको हिसाबकिताब आफ्ना मतदातालाई बुझाउने परम्पराको निरन्तरतास्वतप चितवन जान लागेको उनले बताएका छन् । उनले भनेका छन् , ‘ सबै मतदातालाई आफ्नो प्रश्न सहित यस कार्यक्रममा उपस्थित हुन अनुरोध गर्दछु । साथै , जनसरोकारको विषयमा गरिएको र राज्यरसमाजका सबै सरोकारवाला सहभागी हुने भएकोले यो कार्यक्रममा पार्टीको झन्डा , ब्यानर , लोगो वा पोसाक नलगाइदिनु हुन अनुरोध छ।’ लामिछाने चितवन २ बाट निर्वाचित सांसद हुन् ।